कला


रणवीर र आलियाले पहिलोपटक देखाए छोरीको अनुहार

रणवीर र आलियाले पहिलोपटक देखाए छोरीको अनुहार

नेपालखबर
पुस ९, २०८० सोमबार १६:१२, काठमाडौँ

बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्टकी एक छोरी छिन्।

एक वर्षसम्म रणवीर र आलियाले राहालाई मिडियादेखि सामाजिक सञ्जालबाट टाढा राखे। 

तर, क्रिसमसको अवसर पारेर पहिलोपटक रणवीर र आलियाले राहाको लुक सार्वजनिक गरेका छन्। उनीहरुले क्रिसमसको कार्यक्रममा भारतीय मिडियासामु पहिलोपटक छोरीको अनुहार देखाएका हुन्। 

सोमबार उनीहरु क्रिसमसको कार्यक्रममा पुगेका थिए। जहाँ दुबैले छोरी राहासँग खुसी हुँदै फोटो समेत खिचाए। यतिखेर दुवैको छोरीसँगको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

राहालाई देखेसँगै फ्यानहरु पनि निकै उत्साहित भएका छन्। सेतो रंगको फक्रमा राहा निकै सुन्दर देखिएकी छिन्। धेरैले राहालाई हजुरबुवा राजकपुरजस्तै भनेर समेत समेत प्रतिक्रिया दिइरहेका छन्। 

रणवीर र आलियाले १४ अप्रिल सन् २०२२ मा विवाह गरेका थिए। त्यसैवर्षको ६ नोभेम्बरमा राहाको जन्म भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad