ad ad

कला


अभिनेता तलपदेलाई भयो ‘हर्टअट्याक’

अभिनेता तलपदेलाई भयो ‘हर्टअट्याक’

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार ११:१८, काठमाडौँ

हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता श्रेयस तलपदेलाई हृदयाघात भएको छ। 

बीबीसी हिन्दीका अनुसार ‘वेलकम टु जंगल’ फिल्मको सुटिङमा व्यस्त अभिनेता तलपदेलाई बिहीबार राति हृदयाघात भएको हो। 

त्यसपछि मुम्बईको बेलेभ्यु अस्पताल लगिएका उनको एन्जियोप्लास्टी गरिएको छ। 

तलपदेका प्रबन्धकले हाल उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी गराएका छन्। 

सन् २००२ मा फिल्म आंखेबाट बलिउडमा करियर सुरु गरेका ४८ वर्षीय तलपदेले इकबाल, डोर, ओम शान्ति ओम, वेलकम टु सज्जनपुर, गोलमाल, हाउसफुल जस्ता धेरै फिल्ममा अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .