दक्षिण भारतीय फिल्म ‘सलार’ का लागि नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ।
हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो।
यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन्। मेनुकाले केहीदिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सलारको लागि गीत गाएको जानकारी दिएको थिइन्।
रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ।
गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ। साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन्।
प्रशान्त नील निर्देशित सलारको पहिलो भाग २२ डिसेम्बरमा सार्वनजिक हुँदै छ।
1.7k
Shares
प्रतिक्रिया