ad ad

कला


प्रभास स्टारर फिल्म ‘सलार’लाई एडल्ट सर्टिफिकेट

प्रभास स्टारर फिल्म ‘सलार’लाई एडल्ट सर्टिफिकेट

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:३८, काठमाडौँ

प्रभाव स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ बहुप्रतिक्षित फिल्म हो। एक्सनरथ्रीलर जनरामा बनेको यो फिल्म २२ डिसेम्बरबाट प्रदर्शन हुँदैछ।

रिलिज मिति नजिकिएसँगै फिल्मको सेन्सर पास भएको छ। २ घण्टा ५५ मिनेट लामो यस फिल्मले सेन्सर बोर्डबाट ‘ए’ (एडल्ट) सर्टिफिकेट पाएको छ। 

‘ए’ सर्टिफिकेट पाएसँगै अब यस फिल्मलाई १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न पाउनेछन्। 

‘सलार स् पार्ट १-सीज फायर’ मा निकै फाइट र हिंसात्मक दृश्यहरु भएकाले सलारलाई ए सर्टिफिकेट दिइएको छ। जसले एक्सन मन पराउने दर्शकहरुलाई थप उत्साहित बनाएको छ। 

हालै सलारको ट्रेलर सार्वजनिक गरिएको थियो। जसमा भरपूर एक्सन र फाइटका दृश्यहरु समावेश थिए। प्रशान्त नीलले यसअघि केजीएफ जबरजस्त एक्सन दिइसकेका छन्। सलारमा पनि दमदार एक्सन हुने बताइएको छ। 

प्रशान्त नीलको निर्देशनसहित कथा र पटकथा रहेको यो फिल्म तमिलसहित मलयालम, तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज हुनेछ। 

फिल्ममा प्रभास, टीनु आनन्द, पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपनि बाबुको पनि अभिनय छ। प्यान इण्डिया फिल्म ‘सलार’ शाहरुख खानको ‘डंकी’ सँग बक्सअफिसमा भिड्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .