ad ad

कला


‘फाइटर’ को टिजर सार्वजनिक

‘फाइटर’ को टिजर सार्वजनिक

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १३:०, काठमाडौँ

ऋतिक रोशन स्टारर बलिउड फिल्म ‘फाइटर’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर लडाकु विमानवरिपरि घुमेको छ।

यस फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपुर मुख्य भूमिकामा छन्। एक्सन फिल्म ‘फाइटर’ मा तीनै जना स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्।

फिल्ममा ऋतिक ‘प्याटी’ बन्दा दीपिका ‘मिन्नी’ बनेकी छिन्। अनिल कपुर भने ‘रकी’ को भूमिकामा छन्। एक्सन, रोमान्स र इमोशनको मिश्रणले टिजर बलियो बनेको छ।

भायाकम १८ स्टुडियो निर्माण रहेको यस फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म समेत भनिएको छ। फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्।

सिद्धार्थ निर्देशित यो फिल्म भारतको गणतन्त्र दिवसको अवसरमा सन् २०२४ को २५ जनवरीमा रिलिज हुनेछ। यसअघि सिद्धार्थले ‘पठान’ र ‘वार’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .