लण्डनमा डिसेम्बर ५ र ६ गते भएको ‘फोकस २०२३, मिट द मेकर्स’ मा नेपालबाट निशान बाबू घिमिरेले सहभागिता जनाएका छन्।
‘द लोकेशन गाइड’को आयोजनामा भएको सम्मेलनमा संसारभरका फिल्मकर्मी तथा मिडियाकर्मीको उपस्थिति थियो।
यस सम्मेलनका लागि निशानलाई आयोजकहरुले लामो अध्ययन र केही चरणको वार्तापछि छनोट गरेका हुन्। नेपालको तर्फबाट एकमात्र प्रतिनिधिका रूपमा रहेका निशान नेपाली पोशाक दौरा सुरवाल र भादगाउँले टोपीमा लगाएर समारोहमा पुगेका थिए।
नेपाल म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्षसमेत रहेका निशानले नेपाली संस्कृतिलासहित फिल्म क्षेत्रका बारेमा जानकारी दिन स्टल समेत राखेका थिए।
‘नेपाली फिल्म क्षेत्र विश्व बजारका अन्य देशहरुका फिल्म क्षेत्रभन्दा कमजोर छैनन्। नेपालमा विदेशी फिल्म छायाङ्कन गर्न प्रशस्त स्थलसहित अनुकुल वातावरण छ। विदेशी फिल्मकर्मीहरुलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्न छायाङ्कनका लागि नेपालमा आउन आह्वान गर्दै सहजिकरणका लागि प्रतिबद्धता जनाएँ’ निशानले भने।
विदेशी निर्माताहरुलाई नेपालमा सुटिङ गर्दा सहजीकरण गर्नेसहित नेपालका प्राविधिकलाई काम पाउने वातावरण बनाउन र राजस्व वृद्धिमा सहयोग गराउने कुरा राखेको उनले भने।
लण्डन जानुपूर्व निशानले कार्यक्रमका बारेमा नेपाल चलचित्र विकास बोर्डलाई जानकारी गराएपछि बोर्डले समेत उनको यो कदम र उपलब्धिप्रति समर्थन जनाउँदै स्टलका लागि आवश्यक केही दस्तावेजहरु उपलब्ध गराएको थियो।
निशानका अनुसार २ दिन समारोहान सहभागी मार्भल, नेटफ्लिक्सका प्रतिनिधिहरुले नेपालको विषयमा चासो राखेका थिए।
‘मैले मेरो स्टलमा द सोल अफ द हिमालयजको व्यानर राखेको थिएँ। चलचित्र विकास बोर्डको फिल्मिङ इन नेपाल पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरु नेपालको सुन्दरता देखेर प्रभावित भएका थिए। केही देशका फिल्ममेकरहरु डकुमेन्ट्री खिच्नका लागि नेपाल आउँछु भनेका छन्,’उनले भने।
फिल्म ‘मूना’को निर्देशन र सम्पादनको तयारीमा रहेका निशानले यो कार्यक्रममा सहभागिता जनाएपछि फिल्म निर्माण र बजारीकरणमा समेत थप टेवा पुगेको सुनाए।
Shares

प्रतिक्रिया