बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ पुस ५ गतेदेखि प्रदर्शन हुँदै छ।
यसैले यतिबेला उनी फिल्मको प्रचारमा जोडतोडका साथ लागिरहेका छन्। यसका लागि उनले सामाजिक सञ्जालसमेत उपयोग गरिरहेका छन्।
यसैबीच शाहरुखका नेपाली फ्यानले ‘डंकी’को गीत ‘लुटपुट गया’मा नाच्दै गरेको भिडिओ सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राखेका छन्।
शाहरुख र तापसी पन्नुलाई मेन्सन गर्दै एसआरके युनिभर्स नेपाल फ्यान क्लब ह्यान्डलमा लेखिएको छ, ‘डंकी मेनिया सुरु भयो । इटहरीको हाम्रो समूह लुटपुट गयामा नाचेको छ। नेपाल लभ यु, किङ खान।’
यसलाई बिहीबार शाहरुखले सेयर गर्दै क्याम्पसनमा लेखेका छन्, ‘धन्यवाद नेपाल। हजुरहरूको नाचे देखेपछि म पनि लुटपुटगया। हा...हा...।’
भिडिओ-
— Shah Rukh Khan (@iamsrk) November 30, 2023Thank u Nepal…. After seeing you guys dance so well.. Main bhi #LuttPuttGaya ! Ha ha https://t.co/XyIMNkHUVf
Shares

प्रतिक्रिया