ad ad

कला


‘एनिमल’को आधा बढी टिकट सोल्डआउट, ‘दिमाग खराब’ लाई पर्न सक्छ सकस

शुक्रबार लाग्ने छैनन् नयाँ नेपाली फिल्म
‘एनिमल’को आधा बढी टिकट सोल्डआउट, ‘दिमाग खराब’ लाई पर्न सक्छ सकस

नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:३४, काठमाडौँ

रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले नेपाली मल्टिप्लेक्स हलहरूमा उच्च सो पाएको छ। आगामी शुक्रबारबाट रिलिज हुने फिल्मको अग्रिम बुकिङ आक्रामक देखिएको हो।

साथै, फिल्मका ५० प्रतिशत बढी टिकटहरू सोल्डआउट भइसकेका छन्। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यस फिल्मले पहिलो दिन ८७ सो पाएको छ। त्यसैगरी, आईएनआईले २१ सो दिँदा वान सिनेमाजले पनि २२ सो दिएको छ। बिग मुभिजले पनि यस फिल्मलाई पहिलो दिन १३ सो उपलब्ध गराएको छ।

तर, सम्पूर्ण सोहरू बुकिङ भइसकेका छन्। 

चाबहिलस्थित एफ क्युब सिनेमाजमा पनि यस फिल्मका लागि १४ सो उपलब्ध गराएको छ। जसमध्ये आधा बढी सोहरू सोल्डआउट भइसकेको एफक्युब सिनेमाजका व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

‘एनिमलमा दर्शकहरुको चासो निकै देखिएको छ। आधाभन्दा बढी टिकट बिक्री भइसकेका छन्। पहिलो दिन हाउसफुल हुन्छजस्तो लागिरहेको छ,’ उनले भने। 

त्यस्तै, सीडीसी सिनेमाजमा ९ र विश्वज्योति सिनेप्लेक्सले भने ६ सो दिएको छ। उपत्यकाबाहिर पनि फिल्मको अग्रिम बुकिङ राम्रो देखिन्छ। 

सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको यो फिल्म क्राइम ड्रामा जनरामा आधारित छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ। 

तर, सोही दिन रिलिज हुने विक्की कौशलको मुख्य भूमिका रहेको फिल्म ‘सामबहादुर’ ले भने औसत सो पाएको छ। यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ।

फिल्मको कथावस्तु सन् १९७१ को भारत–पाकिस्तान युद्धसँग सम्बन्धित छ। जतिखेर साम भारतीय सेना प्रमुख थिए। मेघना गुलजार निर्देशित यस फिल्मको व्यापार माउथ पब्लिसिटीले पनि निर्धारण गर्नेछ। 

शुक्रबार नयाँ नेपाली फिल्महरू रिलिज हुने छैनन्। तर, दुई भारतीय फिल्महरू रिलिज हुँदा नेपाली फिल्म ‘दिमाग खराब’ लाई चौथो सातामा सकस पर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .