अनमोल केसीको मुख्य भूमिकामा बन्ने फिल्म ‘फर्की फर्की’ को शुभमुहूर्त गरिएको छ।
शुक्रबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।
आज शुभमुहूर्त भएपनि फिल्मको छायाङ्कन भने मंसीर ११ गतेबाट सुरु हुने यस फिल्मका प्रोडक्सन हेड शंकर पाण्डेले जानकारी दिए।
सुयोग गुरुङको निर्देशन हुने फिल्ममा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल र रवि काफ्लेको अभिनय रहनेछ।
लभस्टोरी जनरामा बन्ने फिल्मको छायाङ्कन काठमाडौँ र पोखरामा लगायतका क्षेत्रमा हुनेछ।
फिल्ममा रोहितका साथै ओएसआर डिजिटलको लगानी रहनेछ। नरेन्द्र मैनालीको छायाङ्कन हुने फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुँदैछ।
393
Shares
प्रतिक्रिया