ad ad

कला


नाना पाटेकरले बालकलाई थप्पड हानेपछि हंगामा (भिडिओ)

नाना पाटेकरले बालकलाई थप्पड हानेपछि हंगामा (भिडिओ)

फाइल फाेटाे : अभिनेता नाना पाटेकर


नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १०:०, काठमाडौँ

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ।

उक्त भिडिओ वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका ​​क्रममा खिचिएको बताइएको छ।

हेर्नुहोस् थप्पड हानिएको भिडिओ

आफ्नो भिडिओ भाइरल भएपछि नाना पाटेकरले स्पष्टीकरण दिएका छन्।

नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडिओमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडिओको गलत व्याख्या गरिरहेका छन्। वास्तवमा के भयो त्यो मेरो आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलका क्रममा भएको गलत बुझाइको परिणाम हो।’

 

उनले सुटिङका ​​क्रममा बच्चालाई थप्पड हानेको नाटक गरेको बताएका छन्। तर संयोगवश रिहर्सलका क्रममा अर्को बच्चा त्यहाँ आउँदा फिल्मको बच्चा ठान्दै थप्पड हान्न पुगेको उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .