ad ad

कला


‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट सोल्डआउट

‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट सोल्डआउट

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १२:१४, काठमाडौँ

सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले अग्रिम बुकिङमा सुखद संकेत देखाएको छ। कात्तिक २६ गतेबाट रिलिज हुने फिल्मको शनिबारबाट अग्रिम बुकिङ खुलिएको थियो।
 
बुकिङ खुलेको तीनदिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेका छन्।

हिन्दी भाषाको टु डीमा २ लाख १७ हजारबढी टिकटहरु सोल्डआउट भइसकेका छन। त्यसैगरि, आइम्याक्सतर्फ ५ हजार, फोडीएक्समा एक हजार र तेलुगुको टुडीमा ३ हजारबढी टिकट बिक्री भइसकेका छन्। 

सलमानसहित कटरिना कैफ र इमरान हासमीको क्रेजबीच फिल्मको शोहरु समेत बढिरहेको छ।

तीन दिनको अग्रिम टिकट बिक्रीबाट टाइगर ३ ले साढे ६ करोड भारतीय रुपैयाँ बढीको कमाई गरिसकेको छ। मनीष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा कात्तिक २६ गतेबाट रिलिज हुनेछ। 

यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .