ad ad

कला


अमितलाई सलमानले मध्यरातमा दिएका थिए साइकल उपहार

अमितलाई सलमानले मध्यरातमा दिएका थिए साइकल उपहार

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ११:३५, काठमाडौँ

अभिनेता अमित साधले सलमान खानसँग जोडिएको एउटा रोचक घटना सेयर गरेका छन्। 

ईदको अवसरमा अमित सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए। मध्यरात भइसकेको थियो। तर पनि सलमानले अमितलाई बाहिर जान दिएका थिएनन्। अमितलाई अबेर रातिसम्म जाग्राम बस्ने बानी थिएन। यद्यपि उनी सलमानलाई यो भन्न हिचकिचाउँथे।

रात धेरै छिप्पिएपछि उनले सलमानसँग बिदा मागेर निस्कन खोजे। सलमानले उनलाई रोक्दै भने, ‘म तिमीलाई उपहार दिन चाहान्छु।’ 

केही समयपछि सलमान साइकल लिएर आए। अमितलाई साइकल दिंदै उनले भने, ‘यो तिम्रो उपहार हो।’ 

सलमानको यो इशाराले अमित निकै भावुक भए। यो घटना सन् २०१६ मा रिलिज भएको फिल्म सुल्तान पछिको हो। सलमानको यो ब्लकबस्टर फिल्ममा अमित साधको पनि महत्वपूर्ण भूमिका थियो।

पपटक पोडकास्टमा कुरा गर्दै अमित साधले भने, ‘सुल्तान’को सुटिङका क्रममा सलमान भाइसँग समय बिताउन हिचकिचाउने गर्थे। उनी ठूलो स्टार हुन्। फिल्म हिट भएपछि सलमान भाइसँग खुलेर पार्टी गर्छु भन्ने वाचा गरेको थिएँ। फिल्म ब्लकबस्टर बन्यो। म सलमान भाइको घर ग्यालेक्सी अपार्टमेन्ट गएँ। त्यहाँ ईद पार्टी थियो।’

अमितले अगाडी भने, ‘म रातको १२ बजेतिर भाइको घर पुगेँ। त्यहाँ भएका सबैजना निकै खुसी देखिन्थे। हाम्रो फिल्म सुल्तान निकै हिट भएको थियो। सलमान भाइले मलाई सबैसँग परिचय गराए।’ 

उनले सबैलाई भने, ‘अमितलाई भेट्नुहोस्, उहाँ हाम्रो फिल्मको नायक हुनुहुन्छ।’ त्यहि पार्टीमा सलमानले अमितलाई साइकल उपहार दिएको उल्लेख गरेका छन्। 

सुल्तानमा अमित साधले व्यापारीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनको सानो पात्रलाई पनि निकै रुचाइएको थियो। यो फिल्मले विश्वभर ६ सय करोड कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .