ad ad

कला


शाहरुखले पाँच चलचित्रबाट निकालेकी ऐश्वर्या बलिउडकै धनी अभिनेत्री

शाहरुखले पाँच चलचित्रबाट निकालेकी ऐश्वर्या बलिउडकै धनी अभिनेत्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १४:८, काठमाडौँ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन बुधबार आफ्नो ५०औँ जन्मदिन मनाउँदैछिन्।

बलिउडमा झण्डै साढे दुई दशक पूरा गरिसकेकी ऐश्वर्याले सौन्दर्यका कारण मात्र होइन नृत्य र अभिनय मार्फत करोडौँ फ्यान कमाएकी छन्।

हिन्दी मात्रै होइन, उनले तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा पनि काम गरिसकेकी छन्। तर विवाहपछि भने ऐश्वर्याको करिअरले गति लिन सकेन।

पछिल्लो डेढ दशकमा उनका ४ वटा मात्रै फिल्म हिट भएका छन्। अहिले उनीसँग कुनै प्रोजेक्ट छैनन्। तथापि उनको ऐश्वर्यको प्रभाव भने घटेको छैन। उनी अहिले पनि बलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन्। फिल्मले बक्स अफिसमा सफलता नपाए पनि ऐश्वर्या एउटा फिल्ममा काम गरेको १२ करोडसम्म लिन्छिन्।

‘हम दिल दे चुके सनम’ को सुटिङका क्रममा ऐश्वर्या सलमान खानको नजिक भएकी थिइन्। दुवै जना सेटमा घण्टौँ सँगै बिताउँथे। उनीहरूको अफेयरको चर्चा चलिरहँदा ऐश्वर्याका बुवालाई उनीहरूको सम्बन्ध मन नपरेको भन्दै सलमानसँग टाढिन आग्रह समेत गरेका थिए।

केही समय डेटिङ गरेपछि सलमानले ऐश्वर्यालाई विवाहको प्रस्ताव गरे तर ऐश्वर्याले अस्वीकार गरिन्। प्रस्ताव अस्वीकार गरेपछि सलमान उनीसँग निकै रिसाए र मध्यरातमा उनको घर गए, तर ऐश्वर्याले ढोका खोलिनन्।

यति मात्र होइन, सलमानले ढोका नखोले फ्ल्याटबाट हाम फालेर आत्महत्या गर्नेसम्म धम्की दिएका थिए। यसबाट ऐश्वर्या निकै डराइन् र सलमानसँगको सम्बन्ध तोड्ने निर्णय गरिन्।

जब यो कुरा सलमानलाई थाहा भयो, उनी आक्रोशित भए। ऐश्वर्याको फिल्म ‘कुछ ना कहो’ को सेटमा सलमानले हंगामा मच्चाएका थिए। पछि उनीहरूको सम्बन्ध निकै नराम्रो मोडमा पुग्यो।

दर्शकले शाहरुख खानसँग ऐश्वर्याको जोडीलाई धेरै माया दिए। दुवैले मोहब्बतें, देवदास र जोशमा सँगै काम गरेका थिए। रियल लाइफमा पनि दुवैको राम्रो मित्रता थियो तर यसका बाबजुद ऐश्वर्या शाहरुखका पाँच फिल्मबाट हटाइएकी थिइन्।

यस्तो किन भयो भन्ने कुरा न त ऐश्वर्या र न शाहरुखले उल्लेख गरेका छन्। सिमी गरेवाललाई दिएको एक अन्तर्वार्तामा ऐश्वर्यालाई यसबारे सोध्दा उनले मलाई फिल्मबाट कहिले निकालियो भन्ने थाहा नभएको बताएकी थिइन्।

तर, पछि शाहरुखले यसप्रति दुःख व्यक्त गर्दै ऐश्वर्यासँग माफी मागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .