ad ad

कला


‘यही माटोमा मरिजाने माहौल बनाइदेऊ’ (भिडिओ)

‘यही माटोमा मरिजाने माहौल बनाइदेऊ’ (भिडिओ)

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १३:२४, काठमाडौँ

दसैँको मुखमा देश छोड्ने युवाको काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भिड थियो। तर, यो भिडलाई दसैँ मान्न गाउँ फर्किनेको भिडले छायाँमा पार्यो।

देश छोडि हिँडेका युवालाई केन्द्रमा राखेर निर्माण गरिएको म्युजिकल फिल्म ‘देश छोड्नेको लर्को’ पनि दसैँको मुखमा रिलिज भयो। दसैँ मान्न गाउँ फर्किनेको भिडमा देश छोडिहिँड्नेहरु हराए झैँ यो गीत पनि दसैँको रौनकमा केही दिन रुमलियो।

दसैँ सकियो, वैदेशिक रोजगार विभागले दसैँको मुखमा विदेश पलायन भएकाहरुको तथ्यांक सार्वजनिक गर्यो। तथ्यांकसँगै यो गीतको चर्चा सुरु भएको छ। तन देवकोटाको शब्द रहेको यो गीत गायनमा रगतनसँग गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्। गीतका हरेक शब्दले छोएको भन्दै दर्शकले प्रतिकृया दिइरहेका छन्।

‘हाँस्न मन छ, रुन मन छ
बाआमाको छेउ
यही देशमा गरी खाने माहौल बनाइदेऊ
हो....

यही माटोमा मरिजाने माहौल बनाइदेऊ।’

गीतको यो अन्तरामा पुग्दा स्रोता झनै भावुक बन्छन्। गाई जात्रा नाट्य समूहको ‘देश छोड्ने लर्को’ विषयक नाटकका लागि राजमार्गमा हुइँकिइरहेको बसभित्रको वार्तालाभबाट सुरु भएको म्यूजिकल फिलमको भिडिओको सुरुवातमै भनिएको छ ‘इन्डियाको खाना नभई पेट भरिन्न। चाइनाको नाना नभै आङ ढाकिन्न।’

गीतमा देश छोड्नुका थुप्रै कारण देखाइएको छ। यो गीतको लेखनदेखि भिडियोको कन्सेप्ट र लगानी रतन देवकोटाले गरेका हुन्। उनी शिक्षण पेशामा आवद्ध छन्।

गीत लेखनको पृष्ठभूमिका बारेमा उनले भने, ‘म आफूले पढाउने १६, १७ वर्षका विद्यार्थीहरुको सपनाबारे बुझ्न खोज्छु। उनीहरुको यो देशमा बस्ने कुनै पनि सपना–योजना नै छैन। अहिले हुर्किरहेको नयाँ जेनेरेसनले देशमा केही गर्न सकिँदैन भन्छ। त्यसैले क्षमता भएका अनि नभएका सबै व्यक्ति देश नै छोड्न खोजिरहेको छ। अभिभावकहरु पनि दश कक्षापछि नै विदेश जाने सीप या केही सिकोस्, बाटो बनाओस् र उतै जाओस् भन्ने सोच्न थालेका छन्।’

विदेश पलायनको यही रफ्तार कायम रहने हो भने अबको केही वर्षमा देश युवाविहीन बन्ने भयले पिरोलेपछि देवकोटाले यो कथा भन्नु पर्छ भनेर यो गीतको निर्माण गरेका हुन्।
गीतमा सुरक्षा पन्त लिड क्यारेक्टरमा देखिएकी छिन्। उनको अभिनय फिल्ममा जस्तै बेजोड देखिएको छ। यो म्यूजिकल फिल्ममा निर्देशन तथा कथा मानव सुवेदीको रहेको छ।

ट्रेलर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .