कला


मिसेस नेपालका प्रतियोगीले ट्यालेन्ट राउन्डमा प्रतिभा प्रदर्शन गरे

मिसेस नेपालका प्रतियोगीले ट्यालेन्ट राउन्डमा प्रतिभा प्रदर्शन गरे

नेपालखबर
कात्तिक १, २०८० बुधबार १२:१६, काठमाडौँ

विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। 

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका हुन्।

पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए। 

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक २२ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२३  को ट्यालेन्ट शोमा अन्नपुर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, कोरियोग्राफर जोगेन्द्र केसी, नायकद्वय गजित बिष्ट र तेज गिरी तथा गायिका निशा देशार निर्णायक रहेका थिए।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन्। 

प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ।

प्रतियोगिता विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad