कला


हिरासतमुक्त भएपछि आस्थाले भनिन्, ‘प्रहरी मेरो साथी’ नै रहेछ

हिरासतमुक्त भएपछि आस्थाले भनिन्, ‘प्रहरी मेरो साथी’ नै रहेछ

नेपालखबर
माघ १४, २०७६ मंगलबार ११:१७,

प्रहरी हिरासतबाट छुटेपछि गायीका आस्था राउतले हिरासतमा राम्रो ब्यवहार पाएको बताएकी छन्। सञ्चारकर्मीसँग आस्थाले आफूले सोचेभन्दा प्रहरीको राम्रो ब्यवहार पाएको बताइन्।

आफूले २/४ शब्द गलत बोलेको र त्यसको लागि माफीसमेत मागिसेको भन्दै आस्थाले भनिन्, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, न कलाकार न प्रशासन।’ उनले प्रहरी मेरो साथी भन्ने भनाईप्रति आफूलाई पहिला शंका लागेपनि हिरासतबाट फर्केपछि ‘प्रहरी मेरो साथी’ नै रहेछ भन्ने स्पष्ट भएको बताइन्। उनले एक दुई जनाकाे गल्तीमा सिंगाे संगठनलाई मुछ्नु आफूबाट कमजाेरी भएकाे स्वीकारिन्।

उनले सञ्चारकर्मीलाईसमेत सानो कुरालाई ठुलो नबनाउन आग्रह गरिन्। ‘संयमता आस्था राउतले मात्रै होइन, प्रशासले मात्रै होइन, तपाईहरु (संचारकर्मी) ले पनि अपनाउनुपर्छ। लेख्दा होस पुर्याउनुपर्छ।’

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा साेमबार आफै प्रहरी सम्पर्कमा पुगेकी आस्थालाई प्रहरीले अनुसन्धानका लागि भन्दै हिरासतमा राखेकाे थियाे। उनी जिल्ला प्रशासन कार्यालयकाे आदेशमा ४ हजार धराैटीमा रिहा भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad