प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानुनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।
नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढीकरणका लागि ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक’ अन्तक्र्रिया कार्यक्रममा नेता पौडेलले कानुन आउनु सही भए पनि मनायसय गलत भएको बताए।
अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकूल वातावरण नभएको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने आवश्यकता रहेको बताए। नेकपाले एकदलीय निरंकुशतातर्फ अगाडि बढने आदर्शका साथ अगाडि बढेको उनको आरोप थियो। ‘नेकपाको आदर्श र सिद्धान्त एकातिर छ । जनमतको दबाबमा बाहाना अर्कोथरी गर्नुपरेको छ’, उनले भने, ‘बहुदल नमान्ने, एकदलीय निरंकुशता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको छ।’
पौडेलले संविधानसभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको पनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताए। संविधान आएपछि संविधान विपरीतका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उनले बताए। सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनले भनाइ थियो।
पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भए पनि आफ्नो सधैँ सहयोग हुने प्रतिवद्धता जनाए। उनले नेपाली कांग्रेसभित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याए। कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पु¥याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया