ad ad

कला


‘इन्डियन आइडल १४’का निर्णायकलाई धरधरी रुवाइन् नेपाली गायिका मेनुकाले

‘इन्डियन आइडल १४’का निर्णायकलाई धरधरी रुवाइन् नेपाली गायिका मेनुकाले

गायिका मेनुका पौडेल


नेपालखबर
असोज २१, २०८० आइतबार ११:५५, काठमाडौँ

गायिका मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छन्। मेनुकाको गीत सुनेर शोका निर्याणक रोएका छन्।

मेनुकाले गीत गाउँदै गर्दा निर्णायकको कुर्सीमा बसेकी चर्चित गायिका श्रेया घोषाल सुक्कसुक्क गर्दै रोएकी हुन्। संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन्। 

मेनुका दुवै आँखा देख्दिनन्। उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु। म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु। जो सामान्य मानिस गर्छन्, म सबै गर्छु। मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबै कुरा आफैँ गर्नुपर्छ।’

मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाएर उनलाई समर्थन गरे। 

मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन्। यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन्। यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए। मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे। 

निर्णायकको कुर्सीबाट उठेर विशालले भने, ‘हामी जुन चिजको पूजा गर्छौं, उसलाई आज अगाडि देखेका छौं। म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं। तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं।’

विशालले मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने बताए।

विशालले मेनुकाले दिलबाट गाएको बताए। यति भन्दै गर्दा उनी रोएका थिए।

श्रेयाले भनिन्, ‘तिमी भित्र के छ भन्ने तिमीलाई महसुस छैन। भगवानले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन। इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन। मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ। यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ।’

मेनुकाले तीनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ प्राप्त गरेकी छन्।

मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन्। श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन्। मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावुक बनेबी थिइन्।

‘इन्डियन आइडल १४’को मञ्चमा निर्णायकको प्रशंसा पाएको मेनुकाको भिडियो नेपाली सोसल मिडियामा भाइरल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .