ad ad

कला


माल्टाका नेपालीलाई भुवन केसीले भने : नेपाली चलचित्र प्रवर्द्धनमा सघाउनूहोस्

माल्टाका नेपालीलाई भुवन केसीले भने : नेपाली चलचित्र प्रवर्द्धनमा सघाउनूहोस्

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:४४, काठमाडौँ

युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन्। स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे।

एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरू माझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवर्द्धनमा सघाउन समेत आग्रह गरे। नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए।

लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौल तताएको थियो। उनले आफ्ना चर्चित गीतहरु सुनाएर मनोरञ्जन प्रदान गरिन्।

नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवर्द्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए।

यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए। राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै संचार क्षेत्रमा आबद्ध संस्था हो।

माल्टा लगायत युरोपमा रहेका नेपालीहरुलाई एकताबद्ध गरी नेपालको  मौलिकतालाई युरोपमा प्रवर्द्धन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो। यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) तथा संस्थापक अध्यक्ष तेजबहादुर लिम्बुद्वयले नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएन माल्टाका सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष ईन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे।

माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो। कार्यक्रमको सञ्चालन असिम लोप्चनले गरेका थिए।

माल्टा पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .