ad ad

कला


हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने

हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने

नेपालखबर
असोज १३, २०८० शनिबार १५:०, काठमाडौँ

‘आपराधिक विश्वासघात’ को आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत बस्न नमानेपछि चिरायु अस्पतालमा भर्ना भएका छन्।

उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलले नेपालखबरलाई जानकारी दिए। 

दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै प्रहरीको नियन्त्रणमा परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी थियो। तर उनले आफूलाई हिरासत नराख्न पटक–पटक आग्रह गरेपछि प्रहरीले सुरक्षासहित चिरायु अस्पताल भर्ना गराएको हो। 

उनी अहिले महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। उनको सुरक्षामा एक जना प्रहरी अधिकारी पनि खटाइएको छ।

अनमोललाई भोलि जिल्ला अदालत काठमाडौं उपस्थित गराइने तयारी छ। अदालतले अनुमति दिए हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान अघि बढाउनेछ। 

तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आइतबार नै छुट्ने सम्भावना छ।

पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ परेका भीभीआईपीहरू हिरासत नबसेर अस्पताल भर्ना हुने प्रचलन जस्तै बन्दै गएको छ।

यसअघि बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ लगायत पनि ६० दिनबढी अस्पतालमै बसेका थिए।

‘रावायण’ नामको फिल्मको अभिनयका लागि अनमोलले निर्मातासँग १० लाख रुपैयाँ लिइसकेका थिए। अनमोल र निर्माताबीचको सम्झौता अनुसार बुधबारदेखि नै फिल्म सुटिङ सुरु भइसक्नु पर्ने हो।

तर फिल्म सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो। त्यसपछि अनमोलविरुद्ध जाहेरी दिन निर्माता पक्ष उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो। 

अभिनेता केसीविरुद्ध जाहेरी लिएर आएपछि प्रहरीले केसीलाई सम्पर्क गरेर छलफलका लागि बोलाएको थियो। 

निर्माताले भने फिल्म सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ। ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्। 

फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिक बापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी कार्यालय पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .