६ वर्षदेखि अमेरिकामा बसोबासरत चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा ‘तिमीलाई छाडी’बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
सम्राट क्रियसनबाट रिलिज भएको उक्त गीतको भिडिओ अमेरिकामै छायांकन गरिएको हो।
सार्वजनिक गीत प्रमोद खरेलले गाएका हुन्। टीका भण्डारीले संगीत गरेको गीत ईश्वर प्रवासीले लेखेका हुन्।
प्रेम भावको रोमाञ्चक यो गीतको भिडिओमा मोडलद्वय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय गरेका छन्।
भिडिओमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, पवन गौतमको छायांकन छ।
असोज ५, २०८०, शुक्रबार
114
Shares
प्रतिक्रिया