कला


अनिल कपुरका तस्बिर र आवाज अनुमतिबिना प्रयोग गर्न अदालतले लगायो प्रतिबन्ध

अनिल कपुरका तस्बिर र आवाज अनुमतिबिना प्रयोग गर्न अदालतले लगायो प्रतिबन्ध

नेपालखबर
असोज ३, २०८० बुधबार १९:८, काठमाडौँ

दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरका नाम, तस्बिर र आवाजलाई उनको अनुमतिबिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

दिल्ली उच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गर्दै सामाजिक सञ्जाल च्यानलहरू, ई-कमर्स वेबसाइटहरू र अन्यलाई बलिउड अभिनेता कपुरको प्रचार अधिकार उल्लङ्घन गर्न प्रतिबन्ध लगाएको हो। 

कपुरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर धेरै व्यक्ति र धेरै सोसल मिडिया च्यानलले उनको आवाज र तस्बिर प्रयोग गरेर आफ्नो छविलाई कलंकित गरिरहेको आरोप लगाएका थिए। 

बुधबार अनिल कपुरका तर्फबाट अधिवक्ता प्रवीण आनन्द अदालतमा प्रस्तुत भएका थिए। उनले अदालतमा कपुरको तस्बिर र ‘झकास’ संवादलाई उनको सहमतिबिना प्रयोग नगर्न अदालतबाट आदेशका लागि अपिल गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .