हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
‘हाम्रो कला, हाम्रो संस्कृति–२०८०’ शीर्षकको कार्यक्रममा झन्डै दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।
गायक तथा कलाकार प्रकाश सपुत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ।
गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्यक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका दर्जन पुराना कलाकारलाई सम्मान पनि गरिने बताइएको छ।
राष्ट्रिय नाचघरका वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माका अनुसार आगामी ५ गते साँझ ५ बजेदेखि हुने कार्यक्रम दिनेश डीसीले सञ्चालन गर्ने छन्।
Shares
प्रतिक्रिया