कला


‘परदेशी–२’को नयाँ गीतमा प्रकाश र दिलिप (भिडिओ)

‘परदेशी–२’को नयाँ गीतमा प्रकाश र दिलिप (भिडिओ)

नेपालखबर
असोज ३, २०८० बुधबार ११:०, काठमाडौँ

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ।

बडादसैँको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम...’ बोलको गीत सार्वजनिक गरिएको हो। 

निर्माण टिमले बुधबार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा भनेको छ। 

हिजो काम, आज काम

काम विदेशमा

कामभन्दा के नै छ र आमा विदेशमा

गीतलाई रचना गरेका हुन्- सतिश चापागाईंले। चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन्। बीबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन्।

केही मनछुने संवादसमेत गीतमा समावेश छन्। 

भिडिओमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ। 

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथा प्रस्तुत गर्छ।

अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा-व्यथालाई समेत चलचित्रमा समेटिएको छ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad