ad ad

कला


उपरथी बाबुराम श्रेष्ठले ल्याए : वीर नेपाली सेना

उपरथी बाबुराम श्रेष्ठले ल्याए : वीर नेपाली सेना

नेपालखबर
असोज २, २०८० मंगलबार १८:३८, काठमाडौँ

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो गीत बजारमा  ल्याएका छन्।

श्रेष्ठले मंलबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रममा बीच ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक गरेका हुन्। म्यूजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभुराम शर्माले सार्वजनिक गरेका हुन्।

गीत सार्वजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरुपता देखाउने सन्देश दिन खोजेको बताए।

लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन। म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो।’

आफू व्यवसायिक लेखक नभएको उल्लेख गर्दै उनले थपे, ‘मलाई नेपाली सेनाले निभाउँदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो।’

उपरथी श्रेष्ठद्वारा लिखित उक्त गीतमा गायक सुभात तिम्सिना र गायिका श्रीमती गिता पाण्डेको स्वर सुन्न सकिन्छ। राजेन्द्र बजागाईले संगीत गरेको गीतमा नेपाली सेनाका सैनिक ब्याण्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले संगीत संयोजन गरेका छन्।

गीतमा कोरस, समूह गायनमा प्रमिला बानियाँ, संगिता घर्तीमगर, लक्ष्मी प्रभा थापा, शुधा शेर्पा, आकृति दुलाल, सम्झना जिमी र शुष्मा लामिछाने तथा गायकतर्फ राजकुमार आलेमगर, राजिव परियार, हेमन्त रामझाली मगर, नारायण थापा,रमेश पाठक र रविन्द्र लामिछानेले स्वर दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .