ad ad

कला


मायावीमा भित्रिए प्रशान्त ताम्राकार

मायावीमा भित्रिए प्रशान्त ताम्राकार

नेपालखबर
असोज २, २०८० मंगलबार १२:१०, काठमाडौँ

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन्। 

फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन्। 

त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन्। यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन्।

सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको फिल्म ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुनेछ। यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन्। निर्देशक भट्टराई स्वयमको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। 

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .