बलिउडका सुपरस्टार शाहरुख खान पछिल्लो समयमा कुनै फिल्ममा देखिएका छैनन्।
उनको पछिल्लो फिल्म जिरो २०१८ डिसेम्बरमा रिलिज भएको थियो।
त्यसपछि भने उनको कुनै फिल्म आएन। २०१९ मा उनको कुनै पनि फिल्म रिलिज भएन। अहिले भने शाहरुखका फ्यानहरु उनको नयाँ फिल्मलाई लिएर उत्सुक छन्।
रिपोर्टहरुका अनुसार शाहरुखलाई एक फिल्मको स्क्रिप्ट मन परेको छ र त्यही उनको अर्को फिल्म बन्नेछ।
सफ्टवेयर इञ्जिनियरबाट फिल्म निर्देशक बनेका राज निदिमोरू र कृष्णा डीके बलिउडमा लोकप्रिय भइरहेका छन्। उनीहरुका ९९ र शेर इन द सिटीले धेरै चर्चा बटुलेका थिए।
अब शाहरुख खान उनीहरुकै चलचित्रमा देखिने सम्भावना बढेको छ। उनीहरुले भनेका छन्- हामीले केही महिना पहिले हामीले शाहरुखलाई क्रिप्ट देखाएका थियौं। त्यो उनलाई मन परेको छ। हामी यो फिल्म अघि बढाउँने विषयमा उनीसँग कुरा गरिरहेका छौं र शाहरुखले पनि काम गर्ने वचन दिएका छन्। तर औपचारिक रुपमा सम्झौताका लागि अझै केही समय कुर्नुपर्ने हुन्छ।
शाहरुख पछिल्लो समय पर्दा पछाडी रहेर काम गरिरहेका छन्। यसबीच उनले एक वेव सिरिजको पनि निर्माण गरेका थिए र बदला फिल्ममा समेत लगानी गरे। बदलामा अमिताभ बचन मुख्य भुमिकामा छन्।

प्रतिक्रिया