ad ad

कला


पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा

पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा

नेपालखबर
भदौ २५, २०८० सोमबार २१:२६, काठमाडौँ

दरबारमार्गमा पल्स ब्युटी सैलुनको तेस्रो शाखा खुलेको छ। सोमबार एक समारोहकाबीच गायक रामकृष्ण ढकाल र अभिनेत्री दिपाश्री निरौलाले शाखाको उद्घाटन गरेका छन्।

विगत २५ वर्षदेखि नेपाली सौन्दर्य क्षेत्रमा सेवा दिँदै आएको यो पार्लरकी वरिष्ठ सौन्दर्यविद लक्ष्मी श्रेष्ठले पल्समार्फत सौन्दर्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आएकी छिन्।

उनकै छोरी गाग्री श्रेष्ठ कर्माचार्यले आफ्नो आमाको विरासतलाई अगाडि बढाउँदै सुविधाजनक ब्युटी पल्सको तेस्रो शाखा दरबारमार्गमा सञ्चालनमा ल्याएकी हुन्। 

गार्गीले पनि डेढ दशकदेखि सौन्दर्य क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाउँदै आइरहेकी छिन्।

उनले अष्ट्लियाको सिड्नीमा हिशिला ब्युटि सलुन स्थापना गरेकी थिइन्। 

विगत ४ वर्षदेखि नेपालमै रहेर पल्स इन्द्रचोकमा आफ्नो अनुभव बाँडिरहेकी  गार्गीले अष्ट्लियामा ब्युटी सम्बन्धि अनेकन् प्रशिक्षणहरू पनि लिइसकेकी छिन्। 

सोमबार खुलेको दरबारमार्गको पल्स सैलुनमा विभिन्न मेनुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको छ।

पल्सका सबै ग्राहकलाई दरबार मलको बेसमेन्टमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .