कला


एउटा सपनाले बलिउडसँग गाँसेको साइनो

एउटा सपनाले बलिउडसँग गाँसेको साइनो

नेपालखबर
भदौ १९, २०८० मंगलबार १२:३४, काठमाडौँ

चलचित्र संगीत, आधुनिक संगीत होस् अथवा लोकगीत सबैमा उस्तै लोकप्रिय छन् दीपक शर्मा। दीपकको संगीतमा थुप्रै गीत हिट भएका छन्।

गीत मात्रै होइन, उनको संगीतमा गीत गाएर उद्योगमा स्थापित हुने गायक-गायिकाको लिस्ट लामो भइसक्यो।

दीपक नेपाली संगीत उद्योगकका प्रिय संगीतकार हुन्। उनै दीपकको संगीत बलिउडका गायक-गायिकाको स्वरमा पनि गुञ्जिने भएको छ।

दीपक र गीतकार सरोज वलीको एउटा सपना थियो, बलिउडको क्वालिटीमा नेपाली गीत रेकर्ड गर्ने। उनीहरु यही सपना बोकेर अघिल्लो वर्षको तिहारताका मुम्बई पुगे।

सरोजको शब्द र दीपकको संगीतमा तयार भएको एउटा गीतमा बलिउडका संगीत संयोजकलाई एरेन्ज गराउनु थियो।

सुरुमा उनीहरु सौरभ लोखन्डेकहाँ पुगे। सौरभले भने, ‘यो गीतको एरेन्ज गर्न ५ महिनाको समय लाग्छ।’ गीत एरेन्जमा छोडेर दीपक र सरोज नेपाल फर्किए। ४ महिनापछि सौरभले एरेन्ज गरेर गीत पठाए। 

सुरुमा यो गीत नेपाली गायक-गायिकाको आवाजमै रेकर्ड गराउने प्लान थियो। गीत एरेन्ज भएर आएपछि सरोज र दीपक दुवै दोधारमा परे।

गीत कसलाई गाउन लगाउन टुङ्गो लगाउन सकेनन्। त्यहिबेला प्रस्ताव आयो बलिउडका गायक गायिकाको स्वरमा गीत रेकर्ड गराउनु। गीत गायक नकास अजिज र गायिका भूमि त्रिदेवीलाई पठाए।

‘तिम्रा माताजीलाई नमस्ते’बोलको गीत सुनेर गायक गायिका दुबै खुशी भए। उनीहरुको यो खुशी दीपक र सरोजका लागि जिन्दगीको अहिलेसम्मको सबैभन्दा खुशीको क्षण थियो। 

नकास र त्रिवेदीको स्वरमा उक्त गीतको रेकर्डिङ भर्खरै सम्पन्न भएको थियो। गीत रेकर्डका क्रममा संगीतकार दीपक शर्मा जान सकेनन्।

उनले यहीँबाट भिडिओ कलमा रेकर्डिङ हेरे। गयक-गायिकालाई संगीतको आफ्नो फिल  सुनाए।

दीपक भन्छन्, ‘म पनि कार्य व्यस्तताको कारणले भारत जानका सकिनँ। यसपटक मैले प्रविधिको प्रयोग गर्दै जुम लाइभमा बसेर उहाँहरूलाई गीतको भाव अनुसार गाउन सिकाए। गीत निकै राम्रो बनेको मैले विश्वास लिएको छु।’

गीत गाइसकेपछि नकास र त्रिदेवीले भने, ‘यो गीतको हिन्दी भर्जन पनि बनाउनुहोस्, हामी गाउँछौँ।’ अहिले गीतको हिन्दी भाषामा ट्रासलेसन भइरहेको छ। 

नेपाली भाषाको गीतले बलिउडमा खास अर्थ राख्ला नराख्ला तर हिन्दी भाषाका रेकर्ड भएपछि बलिउड बजारमा पनि चर्चा पाउने दीपकको विश्वास छ।

नेपाली भाषामा गीत रिलिज भएपछि बल्ल हिन्दी भाषाको गीतको काम सुरु गर्ने दीपकको तयारी छ।

अहिले नेपाली भर्सनको म्यूजिक भिडियो निर्माणको काम भइरहेको छ। र नेपालमा यो गीत सार्वजनिक भएलगत्तै हिन्दी भाषामा पनि रिलिज गर्ने दीपक सुनाउँछन्। 

नेपाली भाषाको म्यूजिक भिडियोमा गीतकार ओली र प्रियंका कार्कीले अभिनय गर्ने तय भइसकेको छ।

अहिले यही गीतको लागि नृत्य निर्देशक गम्भीर विष्टसँग दुवैजनाले नृत्य सिकिरहेका छन्। संगीतकार शर्माको यो बलिउडका कलाकारसँगको पहिलो सहकार्य हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .