कला


अस्ट्रेलियाले रद्द गरिदियो गायिका समीक्षा अधिकारीको भिसा

अस्ट्रेलियाले रद्द गरिदियो गायिका समीक्षा अधिकारीको भिसा

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार १४:१४, काठमाडौँ

चर्चित गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको छ।

यो वर्षको तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान तम्तयार उनको भिसा केयर टेकरका कारण रद्द हुन पुगेको हो। 

समाचार अनुसार अस्ट्रेलियास्थित डिपार्टमेन्ट अफ होम अफेयर्सले समीक्षाको सबक्लास ४०८ भिसा रद्द गरिदिएको हो।

समीक्षा गत होलीमा समीक्षा सिड्नी गएकी थिइन्। त्यसबेलामासम्म समीक्षा १८ वर्षकी पुगेकी थिइनन्। 

नाबालिक नै भएकाले उनले केयर टेकरका रुपमा दिदीलाई लिएर गएकी थिइन्। तर समीक्षा अस्ट्रेलियामा कयौँ कार्यक्रमम गरेपछि नेपाल फर्किइन्। तर केयर टेकरका रुपमा लगिएकी उनकी दिदी उतै बसिन्, नेपाल फर्किनन्।

फेरि यसबीचमा तीज कार्यक्रम लिएर अस्ट्रेलिया जानका लागि उनले अर्को केयर टेकरसहित भिसाका लागि निवेदनन दिइन्। अहिले पनि १८ वर्ष पूरा भइनसकेकाले उनले अर्को केयर टेकर लिएर जान चाहिन्।

तर केयर दुईजना केयर टेकरबारे प्रश्न उठाउँदै समीक्षाको एक वर्षका लागि लागिसकेको भिसा अस्ट्रेलियाले रद्द गरिदिएको हो। 

पहिले नै लगिएकी केयर टेकरलाई उतै छाडेपछि यस पटक अर्का केयर टेकर र समीक्षाको पनि भिसा रद्द भएको हो। 

केयर टेकरको भिसा लागेन भने समीक्षाको भिसा रद्द हुन पुगेको हो। अहिले समीक्षाका नाममा रहेको अस्ट्रेलियाको एक वर्षको भिसा त्यहाँको अध्यागमनको साइटमा देखिँदैन ।

समीक्षाको भिसा के कति कारणले रद्द भयो यसको औपचारिक विवरण सार्वजनिक भएको छैन। तर एक पटक भिसा रद्द भइसकेपछि फेरि अस्ट्रेलिया जान भने समीक्षालाई मुस्किल हुने भएको छ।

अब नयाँ भिसा लाग्ने नलाग्ने ग्यारेन्टी नहुने बताइएको छ। उनी यसपालीको तीजमा १३ वटा कार्यक्रमका लागि समीक्षा अस्ट्रेलिया जाने कार्यक्रम थियो। त अब भिसा लाग्छ लाग्न नलाग्ने अनिश्चित भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad