लोकदोहोरी गायक किरण गौतमले नयाँ गीत बजारमा ल्याएका छन्। काँठे गायनको क्षेत्रमा रुचाइएका गायक गौतमले आफ्नै शब्द र स्वरमा ‘गोजी रित्तो छ’ बोलको गीत सार्वजनिक गरेका हुन्।
उनलाई गायनमा बिदुर खड्का, रचना रिमाल र स्मृति गौतमले साथ दिएका छन्।
गौतमले आफ्नै युट्युबबाट सार्वजनिक गरेको सो म्युजिक भिडिओमा सञ्जिब ठकुरी, अनु पराजुली, बिदुर खड्का र सञ्चिता बोलखिले अभिनय गरेका छन्।
गौतमका यसअघि पनि ‘बैनी हो’, ‘साँइली’, ‘काभ्रे जिल्ला मायाको लालकिल्ला’, ‘फूलकमल’ लगायतका काँठ क्षेत्रमा चर्चित गीतहरू सार्वजनिक भइसकेका छन्।
भिडिओः
318
Shares
प्रतिक्रिया