ad ad

कला


‘जय हो’को तेस्रो गीत सार्वजनिक

‘जय हो’को तेस्रो गीत सार्वजनिक

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:५८, काठमाडौँ

अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा ‘जय हो’को तेस्रो गीत सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनको नोकझोक देख्न सकिन्छ।

‘सपनाको वेडिङ्ग’ बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन्। सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिनेता बस्नेतले नै दिएका छन्।

रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको आभाष हुन्छ।

सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन्।

सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगर अभिनय रहेको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .