कला


‘जय हो’ को ट्रेलर अष्ट्रेलियामा सार्वजनिक

‘जय हो’ को ट्रेलर अष्ट्रेलियामा सार्वजनिक

नेपालखबर
साउन २२, २०८० सोमबार १५:३६, काठमाडौँ

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम गरिएको हो। अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो।

निर्माताद्वय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए। फिल्मको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो। फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन्।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन  समीर मियाँको  भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। फिल्मका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन्। सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad