हलिउड फिल्म बार्बीले एक अर्ब अमेरिकी डलर कमाइ गरेको छ। साथै, यो एक अर्ब कमाइ गर्ने एक्लो महिला निर्देशकको पहिलो फिल्म पनि बनेको छ।
यसअघि महिला सहनिर्देशक भएका फिल्मले अर्ब डलर कमाइ गरेका थिए।
दुई साताभन्दा लामो समयमा यो फिल्मले सो रकम कमाइ गरेको हो। यो फिल्मकी निर्देशक ग्रेटा गरविग हुन्।
उनले यसअघि प्याटी जेन्किन्सको कीर्तिमान तोडिन्। जेन्किन्स निर्देशित वन्डर वुमनले ८२ करोड डलर कमाइ गरेको थियो।
बार्बीले भने अमेरिका र क्यानडामा ४६ करोड र अन्यत्रबाट ५७ करोड डलर कमाइ गरेको हो।
बार्बीले कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको थियो। यो फिल्म ओपनहाइमरसँगै रिलिज भएको थियो।
तर, रिलिजकै दिनदेखि यो फिल्म कमाइको मामिलामा अगाडि छ।
बक्स अफिसको यतिहासमा ५३ वटा फिल्मले मात्र अर्ब डलरमाथिको कमाइ गरेका छन्।
महिला सह–निर्देशक भएका तीन फिल्म बार्बीभन्दा अगाडि छन्। फ्रोजन, फ्रोजन २ मा जेनिफर ली सहनिर्देशक थिइन् भने क्याप्टेन मार्भलमा अन्ना बोदेन। एजेन्सी
Shares

प्रतिक्रिया