ad ad

कला


पूर्वप्रधानमन्त्री ओलीसँग कलाकार रीमा विश्वकर्माका केही पल (तस्बिर)

पूर्वप्रधानमन्त्री ओलीसँग कलाकार रीमा विश्वकर्माका केही पल (तस्बिर)

नेपालखबर
साउन १९, २०८० शुक्रबार ९:१, काठमाडौँ

सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। 

भक्तपुरको बालकोटस्थित ओलीकै निवास पुगेर विश्वकर्माले उनीसँग भेटघाट गरेकी हुन्।

कलाकार विश्वकर्माले केपी ओलीसँगका तस्बिर सामाजिक सञ्जालमा १२ घण्टाअघि पोस्ट गरेकाले यो भेटघाट बिहीबारतिरकै हुनुपर्छ। 

उनले आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको उल्लेख गरेकी छन्। 

‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ’, विश्वकर्माले लेखेकी छन्, ‘नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’चौँ वास्तवमै प्रभावशाली लाग्यो।’

प्रशंसा गर्दै उनी अगाडि लेख्छिन्, ‘परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात् गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला!’ 

थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .