ad ad

कला


आलोचनात्मक शैलीमा राजेश पायलले आस्थालाई भनेः तिमी रुन्ची नबन ठूली भइसक्यौं

आलोचनात्मक शैलीमा राजेश पायलले आस्थालाई भनेः तिमी रुन्ची नबन ठूली भइसक्यौं

नेपालखबर
माघ ४, २०७६ शनिबार ६:२२,

विवाद भएपछि महिला प्रहरीले गरेको व्यवहारप्रति फेसबुक लाइभमा आस्थाले चर्को आलोचना गरिन्।

ती प्रहरीले आफूलाई ‘तँ’ भन्ने शब्द प्रयोग गरेको आस्थाको आरोप छ। आस्थाले फेसबुक लाइभमै प्रहरीलाई डन्ठे भनेकी थिइन्।

विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएपछि आस्था राउत र महिला प्रहरीबीच कफीको कपको विषयमा विवाद भएको देखिन्छ। राउतले कफीको कप चेकजाँच गर्ने क्रममा सँगै लगेको देखिन्छ।

यसबीचमा चर्चित गायक राजेश पायल राईले फेसबुकमा स्टेटस लेख्दै आस्था राउतलाई रुन्ची नबन्न सुझाव दिएका छन्।

राजेश पायलले भनेका छन्,‘एयरपोर्टमा साहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो, त्यो उसको अधिकार हो। अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो? चेकिङमा कफी पानी लान पाइँदैन। वालेट पनि लान पाइँदैन। उनी मेरी बहिनी हुन् राम्री गायिका हुन् अझ एक द भ्वाइसजस्तो रियालिटी सोकी कोच हुन्।’

राईले भनेका छन्,‘आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ। माया लिनेले घृणा सहन सक्नुपर्छ। तब न हामी कलाकार। उसै त हामी नाथे कलाकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौं।’

उनले अन्तमा आस्था र विमानस्थलमा खटिएका कर्मचारी दुवैले सुध्रिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .