कला


बगान समूहको खुसी - महानगरले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो

बगान समूहको खुसी - महानगरले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो

नेपालखबर
साउन ३, २०८० बुधबार १३:५७, काठमाडौँ

नेपाली चलचित्र बगानकी अभिनेत्री करिष्मा मानन्धर काठमाडौं महानगरले फिल्मलाई जरिवाना तिराएपछि खुसी भएकी छन्।

उनले जरिवानापछि फिल्मको झनै प्रचार भएको भन्दै बुधबार सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन्।

मंगलबार मापदण्ड मिचेर पोलमा टाँसेको भन्दै भन्दै नेपाली चलचित्र ‘बगान’का निर्मातालाई काठमाडौं महानगरपालिकाले ५० हजार जरिवाना तिराएको थियो। महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयमै झिकाएर ५० हजार रुपैयाँ जरिवाना तिराएको बगानका निर्माता सुरेश वाग्लेले बताएका थिए।

उक्त जरिवानाका कारण वाग्ले सुरुमा रुष्ट भएका थिए। उनले भनेका थिए, 'बालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग त गर्नु भएन तर अवरोध चाहिं नगरिदिनुहोला।' अगाडि उनले भनेका थिए, 'हाम्रो जानकारीबिना केही घरको भित्तामा टालेको पोस्टरलाई महानगरले ५० हजार जरीवाना तिराएछ। महानगर प्रहरी प्रमुख राजु पाण्डेजीले मिडियाबाजी गर्नुअघि हामीलाई जानकारी गराउनु भएको भए हामी त्रुटि सच्याउने समय पाउँथ्यौँ।'

तर जरिवानाको धमाधम समाचार बनेर फिल्मको विज्ञापन भएपछि भने वाग्ले पनि खुसी भएका थिए। उनले भनेका थिए, 'महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो। कसले भन्छ द्यबभिल जी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर? जय बगान । जय बालेन।'

बुधबार करिष्माले सोही स्टाटस कपी गरेर खुसी व्यक्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .