टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द गरिएको छ। ६९ वटा श्रृंखला प्रसारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोड्युसर तथा होस्ट विशाल भण्डारीले बताएका छन्।
भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१६ महिनाको हाम्रो यात्रा निकै रमाइलो भयो। यो लामो यात्रामा हामीलाई केही यमय ब्रेक पनि चाहिएको थियो, त्यसैले हामीले केही महिनाका लागि शो ब्रेक गरेका छौँ।’ ४ महिनापछि पुनः नयाँ ऊर्जाका साथ दर्शक हसाउन आउने भण्डरीले बताएका छन्।
चार महिनापछि पुरानै टिम आउने तर थप परिष्कृत र परिमार्जित भएर आउने उनको भनाइ छ।
‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुनुको कारण स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हो। कमेडी च्याम्पियनको तेस्रो सिजन प्रसारणको तयारीमा छ। यसलाई समय दिनुपर्ने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द गरेको विशालले बताएका छन्।
कमेडी च्याम्पियनको तेस्रो सिजन असोजबाट प्रसारण हुँदै छ। डिजिटल अडिसन लिइसकेको निर्माण पक्षले अहिले फिजिकल अडिसनको तयारी गरिरहेको छ।
Shares

प्रतिक्रिया