ad ad

कला


कान्तिपुर टीभीले युट्युबबाट हटायो पलसँगको कुराकानी

कान्तिपुर टीभीले युट्युबबाट हटायो पलसँगको कुराकानी

टेलिभिजन कार्यक्रमका क्रममा अभिनेता पल शाह र प्रस्तोता सन्दीप क्षत्री। तस्बिर : पल शाहको फेसबुकबाट


नेपालखबर
असार २६, २०८० मंगलबार ७:४४, काठमाडौँ

चर्काे आलोचना भएपछि कान्तिपुर टेलिभिजनले अभिनेता पल शाहसँगको अन्तर्वार्ता कार्यक्रम युट्युबबाट हटाएको छ। 

कान्तिपुर टेलिभिजनले सोमबार सामाजिक सञ्जालमार्फत गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा पल शाहसँग गरिएको कुराकानी युट्युबबाट हटाइएको जानकारी दिएको हो। 

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ। महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो’, कान्तिपुर टेलिभिजनले भनेको छ, ‘त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ।’

उक्त कार्यक्रममा बलात्कार अभियोगमा एक वर्ष जेल बसेपछि अदालतबाट सफाइ पाएका पल शाहसँग कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले कुराकानी गरेका थिए। त्यस कार्यक्रममा पलले जेल बसाइका कुरा हाँसीहाँसी सुनाएका थिए भने त्यसमा कार्यक्रम सञ्चालक क्षत्रीले अट्टहास गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा बलात्कारजस्तो संवेदनशील विषयलाई पनि हाँसी मजाकको विषय बनाइएको भन्दै व्यापक आलोचना भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .