ad ad

कला


जवानको ‘ट्रेलर’, यी सात फिल्मबाट चोरेको आरोप

जवानको ‘ट्रेलर’, यी सात फिल्मबाट चोरेको आरोप

नेपालखबर
असार २६, २०८० मंगलबार ७:४४, काठमाडौँ

बलिउड सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित फिल्म 'जवान'को प्रिभ्यु (ट्रेलर) सोमबार सार्वजनिक भयो। ट्रेलरको चर्चा भइरहेको छ।

फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक भूमिकामा देखिएका छन्। रक र कुल लुक्समा शाहरुख देखिएपछि फ्यानहरूले प्रशंसा गरिरहेका छन्।

फिल्मको रिलिज ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउँछन्, तब उनको टाउकोको लुक्स पर्दामा देखिन्छ। जुन दर्शकहरूले कल्पना गरेभन्दा फरक हो। यो लुक्सलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका छन्।

रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ। तर ट्रेलरमै उक्त फिल्मलाई चोरीको आरोप लागेको छ।

दक्षिण भारतीय फिल्म 'बाहुबली'मा बच्चालाई प्रजासामु एक हातमा उठाएको दृष्य छ। ठीक त्यस्तै दृष्य जवानको ट्रेलमा पनि देखाइएको छ। यस्तै एक दृष्य 'द लायन किङ'मा पनि छ।

दक्षिण भारतीय चियान बिक्रमको सन् २००५ मा रिलिज भएको फिल्म 'अपरिचित'को लुक्ससँग पनि शाहरुख देखिएका छन्। 'जवान' मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले 'डार्क म्यान'को फिल्म सम्झाएको पनि धेरै आलोचकले बताएका छन्। पट्टीमा बेरिएको शाहरुखको लुक्स हलिउड वेब सिरिज ‘मुन लाइट’सँग पनि धेरै नै मेल खान्छ।

ट्रेलरको एक दृष्यमा शाहरुख कपालबिना देखिएका छन्। जसले 'शिवाजी द बोस'का रजनिकान्तलाई याद दिलाउँछ। नेटिजन्सले उक्त लुक्स रजनिकान्तबाट कपी गरिएको आरोप लगाएएको छ।

यस्तै ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सिन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’को कपी भएको आरोप पनि लागेको छ।

ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .