ad ad

कला


सुटिङमा दिलिप कुमारले मधुबालालाई साँच्चिकै थप्पड हानेपछि...

सुटिङमा दिलिप कुमारले मधुबालालाई साँच्चिकै थप्पड हानेपछि...

नेपालखबर
असार ११, २०८० सोमबार २१:४४, काठमाडौँ

दिलीप कुमार र मधुबालाको जोडीलाई बलिउडको आइकोनिक जोडी भनिन्छ।

दिलीप कुमार मधुबालालाई लिएर सधै चर्चामा रहन्थे। बलिउडमा जहिले प्रेमको चर्चा हुन्छ, यी दुईको नाम छुट्दैन। उनीहरुको प्रेमकथा पर्दामा जति सुन्दर थियो त्यति नै वास्तविक जीवनमा पनि थियो। दुवैको सम्बन्ध ९ वर्षसम्म चल्यो तर एक घटना, जसका कारण यो जोडीको प्रेम सफल हुन सकेन।

भनिन्छ ग्वालियरमा फिल्म सुटिङका क्रममा मधुबालासँग केही स्थानीय गुण्डाले दुर्व्यवहार गरे। उक्त घटना अदालतसम्म पुग्यो। मधुबालाका बुवा उक्त घटनालाई लिएर अदालत पुगे। तर दिलिप कुमारले त्यसबेला मधुबालालाई साथ दिएनन्, निर्देशकलाई दिए। उक्त घटनापछि दुईबीचको सम्बन्धमा तिक्तता आयो।

मधुबालाकी बहिनीले एक अन्तर्वार्तामा बताएअनुसार मधुबालाले दिलिप साहबले आफ्नो बुवासँग माफी माग्न भनेकी थिइन्। तर दिलिप कुमारले मानेनन्। जसकारण सम्बन्ध बिग्रियो।

पछि दिलीप साहबले सायरा बानोसँग विवाह गरे, मधुबालाले किशोर कुमारसँग।

दुईबीच सम्बन्ध बिग्रिए पनि सहकार्य भने केही पछि सम्म भयो। 

मुगल-ए-आजमामा दिलीप कुमार र मधुबालाको एक दृष्य, फिल्मी क्षेत्रमा जसको चर्चा आज पनि उत्तिकै हुन्छ। उक्त फिल्म बन्ने बेलासम्म दुईको सम्बन्ध बिग्रिसकेको थियो।

दृष्य थियो- दिलीप कुमार मधुबालाका ओठलाई प्वाँखले सुस्तरी स्पर्ष गर्छन्। सुभाष घई भन्छन्, 'के. आसिफले यो दृश्य निकै संवेदनशील रूपमा खिचेका थिए। यो दृश्यको प्रभाव चुम्बन दृश्यको छायांकन भन्दा धेरै थियो।' महेश भट्ट उक्त दृष्य भारतीय सिनेमाको सबैभन्दा कामुक दृश्य बताउँछन्।

त्यो प्रेमिल दृष्य पछाडि थप एक रहस्य थियो। त्यो हो, त्यसबेला मधुबाला र दिलीप कुमारको बोलचाल बन्द थियो। 

के आसिफकी श्रीमती सितारा देवीले पछि कुनै अन्तर्वार्तामा भनेकी छन्, 'मुगल-ए-आजमको सेटमा तनाव हुन्थ्यो, दिलीप कुमार र मधुबालाको कुरै मिल्दैनथ्यो। फिल्ममा एउटा थप्पडको सिन थियो। दिलीप कुमारले मधुबालालाई यति कडासँग झापड लगाए, सबै छक्क पर्‍यौँ।'

अजित भन्छन्, 'सबैले सोच्न थाले कि अब के हुन्छ? मधुबाला सुटिङ छाडेर पो जाने हुन् कि भन्ने डर लाग्यो।' मधुबालाले केही भन्नुअघि नै आसिफले उनलाई एउटा कुनामा लगेर भने, ‘आज म धेरै खुसी छु किनकि उसले तिमीलाई अझै माया गर्छ भन्ने स्पष्ट छ। यो काम प्रेमीले मात्र गर्न सक्छ।' सुटिङ अघि बढ्यो।

मुगल-ए-आजममा यति राम्रो अभिनय गरे पनि त्यो वर्ष उत्कृष्ट अभिनेत्रीको अवार्ड मधुबालाले जितिनन्। बिना रोयले फिल्म ‘घुनघाट’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .