कला


अनुप बरालसँग अभिनय सिक्दै पल, प्रदीपसँग देखिने

अनुप बरालसँग अभिनय सिक्दै पल, प्रदीपसँग देखिने

नेपालखबर
असार १०, २०८० आइतबार ११:४०, काठमाडौँ

अभिनेता पल शाह 'प्रकाश' फेम्ड निर्देशक दिनेश राउतलाई निर्देशकका रूपमा लिएर फिल्म बनाउँदै छन्।

फिल्मको पटकथा प्रकाशका लेखक विकास सुवेदीले लेखिरहेका छन्। जुम्लाको एक विपन्न युवकले शिक्षकको जागिर खान गरेको संघर्षमा बनेको उक्त फिल्म निकै चर्चामा आएको थियो।

फिल्ममा मुख्य अभिनेता रहेका प्रदीप खड्का फरक भूमिकाका कारण निकै चर्चामा पनि आए। प्रदीपले उक्त फिल्मका लागि रंगकर्मी अनुप बरालसँग अभिनय सिकेका थिए।

अब पलले पनि प्रदीपकै बाटो समातेर नयाँ फिल्म बनाउन लागेका हुन्। उनले प्रकाशकै लेखक, निर्देशक र गुरुलाई नयाँ फिल्मका लागि रोजेका छन्। यति मात्रै होइन प्रकाश नायक प्रदीप पनि उनीसँग पहिलोपटक एउटै स्क्रिनमा देखिने छन्।

त्यसो त एकताका पल र प्रदीपलाई लिएर सन्तोष सेनले ‘हुतुतु’ निर्माण गर्ने ठूलै हल्ला थियो। सन्तोषले यी दुईलाई लिएर फिल्म बनाउने भने सकेनन्। अब राउतको निर्देशनमा बन्ने फिल्मीमा यी दुईको सहकार्य पक्का भएको हो।   

फिल्मको नाम भने अझै अनटाइटल रहेको छ। फिल्मका लागि पल अहिले थिएटर गुरु बरालसँग अभिनय सिकिरहेका छन्।

दुई साथीको सम्बन्धमाथि बन्ने फिल्म जीवन थापाले निर्माण गर्न लागेका हुन्। फिल्म भदौबाट छायांकनमा जाने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad