ad ad

कारोबार


निक्षेप थपिँदै जाँदा कर्जा प्रवाह सुस्त, अन्तरबैंक सापटीको ब्याजदर ३.६४ प्रतिशतमा झर्‍यो

निक्षेप थपिँदै जाँदा कर्जा प्रवाह सुस्त, अन्तरबैंक सापटीको ब्याजदर ३.६४ प्रतिशतमा झर्‍यो

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार ११:४३, काठमाडौँ

वित्तीय प्रणालीमा निक्षेप थपिँदै कर्जा प्रवाहमा सुस्त हुँदा अन्तर बैंक सापटीको ब्याजदर ३.६४ प्रतिशत झर्यो 

बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर निक्षेप थपिँदै गए पनि कर्जा प्रवाह सुस्त देखिएको छ। 

पछिल्लो एक दिनमै बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब निक्षेप थपिएको हो। एकैदिन ४ अर्ब निक्षेप थपिएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। 

२०८० असार असार ५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ६७ अर्ब रहेको निक्षेप एकैदिन ४ अर्बले बढेर ५५ खर्ब ७१ अर्ब पुगेको छ। 

त्यसैगरी त्यही दिनसम्म बैंक तथा वित्तीय संस्थामा ४८ खर्ब ५६ अर्ब रहेको कर्जा प्रवाह स्थिर नै देखिएको छ। 

यता वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह भने १ अर्ब घटेको छ। असार ५ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब कर्जा प्रवाह गरेकोमा एकैदिन १ अर्ब घटेर ४२ खर्ब ९९ अर्बमा सीमित भएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेर कर्जा प्रवाह घट्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सुधार आएको छ। 

असार ६ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको औषत सीडी रेसियो ८३.९६ प्रतिशत आएको छ। साथै, अन्तरबैंक सापटीको ब्याजदर निरन्तर घट्दै गएको छ। अन्तरबैंक सापटीको ब्याजदर ३.६४ प्रतिशतमा आइपुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जानथालेसँगै अन्तर बैंक सापटीको ब्याजदर घट्दै गएको हो। 

गत जेठ २६ गतेसम्म अन्तर बैंक सापटीको ब्याजदर ६.३१ प्रतिशत थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .