अभिनेत्री पूजा शर्मा फिल्म ‘दाम्भी’मा एक्सन अवतारमा देखिने तयारीमा छिन्। फिल्म निर्माताले पोस्टरमा पूजाको एक्सन अवतार सार्वजनिक गरिसकेका छन्। लभ गर्लका रुपमा परिचित पूजाका लागि यो अवतार नयाँ हो।
नयाँ अवतारमा प्रस्तुत हुने पूजाको कसरत पनि राम्रै छ। पूजा नयाँ फिल्मका लागि एक्सन सिकिरहेकी छिन्। पूजाले बालकुमारीमा एक्सन सिकिरहेकी हुन्। पूजाले आफ्नो सामाजिक सञ्जालमा एक्सन सिकिरहेका भिडियो पोष्ट गरिरहेकी छिन्।
नेपाली चलचित्रमा देखिरहेका भन्दा भिन्न हिसाबको एक्सन कम्पोज गर्ने कोसिसमा निर्माण टिम रहेको छ। नेपाल र सिक्किममा खिचिने चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका छन्।
चलचित्रमा पूजाको जोडीको रुपमा मोडल कुन्साङ्ग बोमजोन देखिँदैछन्। मोड्लिङ्गमा राम्रो छाप छाडेका कुन्साङ्गको यो डेव्यु चलचित्र हो।
Shares
प्रतिक्रिया