ad ad

कला


२८ वर्ष कान्छी युवतीलाई चुम्बन गरेपछि ‘ट्रोल’ बने नवाज

२८ वर्ष कान्छी युवतीलाई चुम्बन गरेपछि ‘ट्रोल’ बने नवाज

नेपालखबर
असार ५, २०८० मंगलबार ११:१८, काठमाडौँ

अभिनेता नवाजुद्दीन सिद्दिकीको फिल्म ‘टिकु वेड्स शेरु’ मार्फत् दर्शकमाझ आउँदैछन्। फिल्मको ट्रेलरमा ४९ वर्षीय नवाजले २१ वर्षीया सहअभिनेत्री अवनीत कौरलाई चुम्बन गरेको दृष्य देखिएपछि उनी ट्रोलको शिकार भइरहेका छन्।

ट्रोल बन्न थालेपछि आफ्नो बचाउ गर्दै नवाजले युवापुस्ताहरू रोमान्सशून्य भइसकेको प्रतिकृया दिएका छन्। उनले युवा पुस्ताले रोमान्स नबुझेको बताए।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘रोमान्सको कुनै उमेर हुँदैन। युगविहीन छ। तर आजको युवा पुस्तामा रोमान्स भन्ने कुरा बाँकी छैन।'

उनले आफू ट्रोल बनेपछि शाहरुख खानलगायतका सेलिब्रेटी आज पनि रोमान्टिक भूमिकामा काम गरिरहेको बताए।

आजको पुस्ता सामाजिक सञ्जालमा मात्र बाँचिरहेको उनले बताए।

‘चाहे कसैलाई माया गर्नुहोस् वा कसैसँग ब्रेकअप होस्, युवा पुस्ताले आजकल सबै अनलाइन मात्र गर्छ। रोमान्स गर्नेलाई मात्रै रोमान्स थाहा हुन्छ,’ उनले भनेका छन्।

आफ्नो जमानामा रोमान्सको अर्थ अर्कै हुने बताउँदै उनले आफूहरू वर्षौँ प्रेममा रहेको बताएका छन्।

टेलिभिजन अभिनेत्री अवनीत कौर यस फिल्ममार्फत् पहिलोपटक फिल्ममा देखिन लागेकी हुन्। यो कंगना रनौत प्रोडक्सन हाउसको पहिलो फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .