५ सय करोड लगानीमा निर्माण गरिएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ ले रिलिज अगावै निकै चर्चा बटुल्यो। रामायण कथामा आधारित उक्त चलचित्रको ट्रेलरमा समावेश ‘सीता भारतमा जन्मिएको’ संवाद परेपछि नेपालमा त्यसको निकै विरोध भयो।
आपत्तिजनक यो संवाद नेपाल सेन्सर बोर्डले काट्न लगाएको भोलिपल्टै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा उक्त चलचित्र चल्न नदिने स्टाटस नै लेखे।
त्यसपछि आदिपुरुषले झनै बढी चर्चा कमायो। सामाजिक संजालमा सिनेमाको जमेर विरोध गरियो।
चर्चा कमाएको मात्र होइन, यो स्टाटसले भारतीय मिडियामा पनि स्थान पाएपछि नेपालमा उक्त संवाद हटाएर फिल्म चलाइने भयो।
नेपालखबरले मेयर शाहको स्टाटस प्रभाव बुझ्दै उपत्यकाका हलहरूमा गरेको सर्वेक्षणमा शनिबार बेलुकीसम्म आदिपुरुष हेर्ने दर्शकहरुले सिट बुक गराइसकेका थिए।
टिकट करिब करिब ‘सोल्डआउट’ भइसकेको थियो।
ओम राउटको निर्देशनमा बनेको आदिपुरुषमा मनोज मुन्टशीर शुक्लाले लेखेको संवादलाई लिएर भारतमा समेत ब्यापक विरोध भइरहेको छ। हिन्दुहरुको आस्था रामायाणको कथामा आधारित आदिपुरुषको कथा र संवाद कथाकारले विकृत रूपमा पेश गरेको भन्दै यसको विरोध भइरहेको छ।
यी बिवादका बावजुद उपत्यकाका हलहरुमा आदिपुरुष हेर्नेहरुको भीड त्यस्तै देखिन्छ।
नेपालखबर मल्टिमिडिया टिमले शनिबार ललितपुरको लबिङ मलस्थित क्यूएफएक्समा राती ९ बजे यो सिनेमा हेर्न आएकाहरूको विचार कैद गरेको थियो।
हेर्नुस् भिडिओः
Shares

प्रतिक्रिया