ad ad

कला


बालेनको विरोधपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी छोरी हुन्’ संवाद

बालेनको विरोधपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी छोरी हुन्’ संवाद

नेपालखबर
असार १, २०८० शुक्रबार ९:३२, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद हटाइएको छ। 

बिहीबार मात्र काठमाडाैँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त स‌ंवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए।

उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीताकी छोरी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। 

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे। 

फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ।

फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .