ad ad

कला


चलचित्र ‘नीरफूल’ हेरेपछि भीम रावलले भने– भावुक बनायो

चलचित्र ‘नीरफूल’ हेरेपछि भीम रावलले भने– भावुक बनायो

‘नीरफूल’को विशेष प्रदर्शनी हेरिसकेपछि नायिकासमेतसँग सामूहिक तस्बिर खिचाउँदै नेता भीम रावल। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ७:२१, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली चलचित्र ‘नीरफूल’ राम्रो लागेको बताएका छन्। 

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले सोमबार बेलुकी आयोजना गरेको विशेष प्रदर्शनीमा रावल पनि सहभागी भएका हुन्। 

चलचित्र हेरिसकेपछि उनले सामूहिक तस्बिर खिचाउँदै ‘नीरफूल’ले नेपाली जनजीवन, वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विखण्डन, ७२ सालको महाभूकम्पले सिर्जना गरेको संकट तथा विकृति र विसंगति उजागर गरेको प्रतिक्रिया दिएका हुन्। 

उनी भन्छन्, ‘नीरफूल चलचित्रले नेपालको सुन्दर प्रकृति, जनजीवन, वैदेशिक रोजगारीको हावाले गरेको सामाजिक विखण्डन, महाभूकम्पले सिर्जना गरेको संकट, कतिपय गैरसरकारी संस्था र संचार संस्थाका गलत क्रियाकलाप,प्रशासन र सुरक्षामा रहेकाहरूका विकृत र भ्रष्ट आचरणलाई देखाएको छ।’

उनले चलचित्रले भावुक पनि बनाएको उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन्, ‘भावुक पनि बनाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .