ad ad

कला


आँखा अपरेसनपछि मुस्कुराए मदनकृष्ण

आँखा अपरेसनपछि मुस्कुराए मदनकृष्ण

आँखा अपरेसनपछि चिकित्सक टोलीसँग मदनकृष्ण श्रेष्ठ।


नेपालखबर
जेठ २३, २०८० मंगलबार १४:५६, काठमाडौँ

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखा शल्यक्रिया (अपरेसन) गरिएको छ।

तिलगंगा आँखा अस्पतालमा सोमबार उनको दाहिने आँखामा रहेको मोतिबिन्दुको अपरेसन गरिएको हो।

श्रेष्ठको आँखा डा. सन्दुक रुइत र डा. रीता गुरुङसहितको टोलीले गरेको हो।

आँखा अपरेसनपछि मदनकृष्णले मुस्कुराइरहेको आफ्नो तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्।

श्रेष्ठले तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘मोतिबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ।’ 

उनको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिबिन्दु शल्यक्रियापश्चात् राखिने लेन्स) राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .