कला


अजय–काजोलको ‘तानाजी’ बन्दैछ २०२० को पहिलो सार्वधिक सफल चलचित्र

अजय–काजोलको ‘तानाजी’ बन्दैछ २०२० को पहिलो सार्वधिक सफल चलचित्र

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:४५,

शुक्रबार रिलिज भएको अजय देवगन अभिनित ‘तानाजी द अनसङ वारियर’ सन २०२० को पहिलो सर्वाधिक सफल फिल्म बन्ने दौडमा छ।

पहिलो दिन जम्मा १५ करोड १० लाखको व्यापार गरेको फिल्मले दोस्रो दिन उल्लेख्य सुधार गरेको छ। बजार विश्लेषक तरण आदर्शले फिल्मको दोस्रो दिनको कमाइ पनि सार्वजनिक गरेका हुन। शुक्रबार रिलिज भएको फिल्मले दोस्रोदिन शनिबार २० करोड ५७ लाख कमाइ गरेको छ। शुक्रबार र शनिबारको कमाई ३५ करोड ६७ लाख रहेको छ।

विश्लेषक आदर्शका अनुसार फिल्मको पहिलो दिनको आँकडा मध्यप्रदेश, छत्तीसगढ र महाराष्ट्रमा राम्रो रहेको थियो भने दोस्रो दिन पूर्वीपञ्जाव, उत्तरप्रदेश र पश्चिम बंगालमा राम्रो व्यापार गरेको छ। गुजरातमा पनि दोस्रो दिन फिल्मले व्यापार बढाएको बिजनेस टुडेले जनाएको छ।

Image result for तानाजी द अनसंग वारियर

यो फिल्म भारतभर कुल ३ हजार ८८० पर्दामा प्रदर्शन भइरहेको छ। त्यत्सै भारतबाहिर ६६० पर्दामा यो फिल्म देखाइँदै आएको छ। भारतभित्र र बाहिर गरेर यो जम्मा ४ हजार ५४० पर्दामा प्रदर्शन भइरहेको छ।

तानाजी अजय देवगनको सयौँ फिल्म हो। यसमा उनी मराठ राज्याको वीर सैनिक तानाजीको भूमिकामा रहेका छन्। फिल्ममा अजयका अलवा काजोल, सैफ अली खान, शरद केलकर पनि मुख्य भूमिकामा रहेका छन्।

फिल्मले यही आँकाडामा कमाइ गर्दै गएमा यो २०२० को पहिलो सर्वाधिक सफल चलचित्र बन्ने विश्लेषकहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad